एमाले अध्यक्ष ओली आज रौतहट जाने

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज रौतहट जान भएका छन् । नेकपा एमालेको १० औँ  जिल्ला अधिवेशन उद्घाटन गर्न ओली रौतहट आउन लागेका हुन्।

एमालेको १० औ जिल्ला अधिवेशन बिहीबार र शुक्रबार गरुडामा हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।

१०औँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ। अध्यक्षका लागि अखिलेश्वर चौधरी,सचितानन्द साह, रूपेश पटेल र बबन सिंहको नाम चर्चामा छ।