राष्ट्रिय सभा सदस्य उपनिर्वाचन मतदान जारी, आजै नतिजा आउने

 दाङ - लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
त्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिष्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो ।