टिपरले ठक्कर दिँदा  पूर्वडीएसपी थापाको मृत्यु

काठमाडौँ । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी)  विष्णु थापाको मृत्यु भएको छ ।

मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका-७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका थिए ।

ठक्कर दिने टिपर नियन्त्रणमा लिएर फरार चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।