विराटनगर पुगेर कांग्रेस नेता सिटौलाले गरे उम्मेदवारी दर्ता   

काठमाडौँ ।  राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा  उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् ।