सेयर बजारमा दोहोरो अंकले  वृद्धि, ४ अर्ब ६७ करोडको कारोबार   

काठमाडौँ । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज ३६.५७ अंकले बढेको सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ ।

२१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।