ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुस  कति छ आजको भाउ ?

काठमाडौँ । चार दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार ह्वात्तै घटेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको कारोबार मूल्य सोमबार १ लाख १८ हजार ८ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । आइतबारसम्म सुन १ लाख १९ हजार ५ सय र चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ घटेर यो मूल्य गत बिहीबार उक्त मूल्य निर्धारण भएको थियो । चाँदीको कारोबार मूल्य तोलाको १४ सय १५ रुपैयाँ भएको छ ।