डियूटीमा खटिए प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ

काठमाडौं । चन्द्रागिरी बसपार्कस्थित डियूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गर्दा हेण्ड सेट १ थान क्षति भएको छ । सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।