बीमा कम्पनीलाई पीइभीसीमा लगानी गर्न बाटो खुला, सेयर बजारमा लगानीको सीमा पनि बढ्यो

काठमाण्डौँ - पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड पीईभीसीमा लगानी गर्न पाउने भएका छन् ।
प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । पुनर्बीमा कम्पनीहरुले अन्य कम्पनीको सेयरमा गर्ने लगानी ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेको छ ।