एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका दुई उम्मेदवार

काठमाडौँ । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ। कर्णालीको महिला कोटामा  दैलेखकी सावित्री मल्लालाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

आइतबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। तीन जनाले सोमबार बिहान नाम टुंग्याएका हुन्।