चार दलको ‘सिन्डिकेट’का कारण जनतामा निराशा छाएको सीके राउतको टिप्पणी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको टिप्पणी गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेको भन्दै उनले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वभाविक भएको जिकिर गरे ।

दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उनले बताए ।

राउतले मधेसका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकुन् भनेर आफ्नो पार्टीलाई विश्वास गरेको उनले बताए ।