पृथ्वीजयन्तीमा राप्रपाले चियापान समारोह आयोजा गर्ने, प्रधानमन्त्रीसहित ८, ००० जनालाई निमन्त्रणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान समारोह आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपमा आयोजना गरिने सो कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवीलगायत ८,००० जनालाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

सोही दिन राप्रपाले सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको शालिकमा पुगेर माल्यार्पण गरिने प्रवक्त श्रेष्ठले बताए ।