भूकम्प पीडितका लागि कांग्रेसको ५० लाख सहयोग

काठमाडौँ - नेपाली कांग्रेसले भूकम्प प्रभावितका लागि ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प पीडितका लागि ५० लाखको चेक सरकारलाई हस्तान्ततरण गरेका छन् ।

उनले आज बालुवाटारमा ५० लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

भूकम्पले व्यापक धनजनको क्षति पुर्‍याएपछि राजनीतिक  दलहरुले सहयोग जारी राखेका छन्। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा सैयौंको निधन र हजारौं नागरिक घरबारविहीन भएका छन् ।