तुम्सिङ तारा मगरको स्टोरी टेलिङ  ‘धादिङ टु काठमाडौँ’ को भिडियो सार्वजनिक

धादिङ - तुम्सिङ तारा मगरको स्टोरी टेलिङ  ‘धादिङ टु काठमाडौँ’ को भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।

ताराकै कथा लेखन, भिडियो निर्देशन र अभिनय रहेको स्टोरी टेलिङ भिडियो मिस्टर तुम्सिङ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा तारासँगै सपना पुन मगरले अभिनय गरेकी छिन् । मुना सुयाल मगर सहायक निर्देशक रहेको भिडियोको छायाङ्कन तथा सम्पादन मनोज बस्नेतले गरेका हुन् । 

नेपालमै पहिलो पटक कथालाइ दृश्यमा उतारेको यस प्रकारको भिडियो मार्फत वर्तमान अवस्थामा युवाको समस्या भोगाइ र विदेश प्रतिको मोहलाइ प्रस्तुत गरिएको छ । देशमै बस्न चाहने युवाले भोग्नु परेको समस्या, वर्तमान व्यवस्थाले विदेशिन बाध्य बनाएको कुरा कथा मार्फत देखाईएको छ ।

धादिङ सिद्धलेक गाउँपालिका वडा नं २ निवासी तुम्सिङ तारा मगर संञ्चारकर्मी हुन् । रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता र नेपाली साहित्यमा स्नातक गरेकी उनले बिगत १० वर्ष यता काठमाडौँमा रहेर पत्रकारिता गर्दै आईरहेकी छिन् ।