फिल्ममा डेब्यु गर्दै गायिका कमला घिमिरे  

काठमाडौँ । एक समय कम उमेरमै दोहोरी गीत गाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी गायिका कमला घिमिरे अब फिल्म खेल्ने भएकी छिन् ।

छिनभरमै दोहोरीको टुक्का फुराएर लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा देश तथा विदेशमा ह्वातै बढेको थियो ।

उनै गायिका अब बाबु साहेब बलामीले निर्देशन गर्न लागेको फिल्म ‘माइली’बाट ‘डेब्यू’ गर्ने भएकी हुन् ।

निर्माणको चरणमा रहेको फिल्मको मुख्य भूमिकामा यस अघि अभिनेत्री प्रियंका कार्की र अभिनेत्री करिष्मा मानन्धर फाइनल भएका छन् ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्ममा उनीहरुपछि गायिका कमला अनुबन्धित भएकी हुन्। उनले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकले माया दिने बताइन् ।