सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि  घोराही सिमेन्टले आइपिओ निष्कासन गर्दै

 काठमाण्डौँ - घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ । 
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मुल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता  सेयर निष्कासन गर्नेछ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । 
कम्पनीको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार १४ गतेसम्म लम्बिनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।