नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने

 काठमाडौँ - आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ ।

हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पुर्ब महान्याधिबक्तादेखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।