मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ

 जनकपुर- मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

जनमत पार्टीका सांसद सिंह ६ दलका ५५ सांसदको समर्थनमा शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।