एमालेले हटायो ७० वर्षे हदम्याद, व्यापक जिम्मेवारी हेरफेर

काठमाडौँ - एमालेले पार्टीको ७० वर्षे हदम्याद हटाएको छ ।

बैशाख २८ गतेदेखि ३० गतेसम्म ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले हदम्याद हटाउने निर्णय गरेको थियो । सार्वजनिक गरिएको बैठकले जारी गरेको अन्तर पार्टी निर्देशन अपानीमा पार्टीको विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने उल्लेख गरिएको छ ।

हदम्याद हटेसँगै अब उमेरका कारणले नेताहरूले बिदा लिनु नपर्ने भएको छ । यसैगरी प्रदेशमा अब निर्वाचित हुने सातै अध्यक्षहरू पदेन पोलिट्ब्यूरो सदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको जिम्मेवारी दिइने भएको छ ।