प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरुद्धको आरोप झुठो, कारवाहीका लागि अदालत जाने 

 काठमाडौँ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ ।

केही दिन अघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो । अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, मेसेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।  ‘उजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन’ प्रवक्ता रायले भने ।