विश्व महानगर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदै 

काठमाडौँ - सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।