'६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन' : अध्यक्ष यादव

काठमाडौँ - जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरे । 

अध्यक्ष यादवले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताए । उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए । बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए ।