सर्वोच्चले नागरिकता विधेयकलाई मान्यता दिने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन । 

बुधबार राष्ट्रिय सभामा बोल्दै विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भएको भन्दै नागरिकता ऐनलाई पनि अदालतले मान्यता दिने विश्वास व्यक्त गरे । 

 जेठ १७ गते  राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २१ जेठमा उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 
यस विषयमा  छलफल गर्न जेठ २६ गते दुबै पक्षलाई बोलाएको छ ।