डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते, घर पूर्ण रूपमा नष्ट

डडेल्धुरा - डडेल्धुरामा घरमा परेको चट्याङले  तीन जना घाइते भएका छन् । भने घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका ३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् । 

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ ।