नेपालको वित्तीय क्षेत्र सुधार : विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत

काठमाडौँ - विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो । 

यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ । यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ । 

यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।
विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै यो ऋण सहयोगले नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र यससँग सम्बन्धित लगानीलाई प्रोत्साहन गर्ने छ ।