आजबाट बजेट अधिवेशन सुरु

काठमाडौं - आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ।

जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज (आइतबार) देखि सुरु हुँदैछ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आह्वान गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ।