संवैधानिक परिषद्को बैठक बस्दै,प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

 

काठमाडौँ  - संवैधानिक परिषद्को बैठक आज सोमबार बस्दैछन् । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएपछि  बैठक बोलाइएको हो ।

बैठक आज सोमबार अपराह्न पाँच बजेका लागि बोलाइएको उक्त बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनसक्ने सम्भावना रहेको छ ।