नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?


काठमाडौँ - देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय ४ जनाको पीसीआर र १ हजार ६ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।