'मैले जसपा फुटाएको होईन' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । 

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउँदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए । 

अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।