सुनकोशी मरिण डाईभर्सनको सुरुङ भोली 'ब्रेक थ्रु' हुने 

सिन्धुली - सुनकोशी मरिण डाईभर्सनको सुरुङ भोली बुधबार ब्रेक थ्रु हुने भएको छ । कमलामाई नगरपालिका वडा नं २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ बाँध स्थल सुनकोशी ७ कानढुंग्रीमा ब्रेक थ्रु हुने भएको हो । सुरुङको ब्रेक थ्रु गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने भएका छन ।

सुनकोशी गाउँपालिका वडा नं। ७ कानढुंग्रीमा २६ गते बिहान ११ बजेबाट १ बजेसम्म प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय गरिएको छ । तराईका ६ जिल्लामा सिंचाई सुविधा पु¥याउन सरकारले सुनकोशीको पानी तराईमा लैजाने, जनविद्युत उत्पादन गर्ने लगाएतका उद्देश्य राखी निर्माण गरेको आयोजनाको सुरुङ निर्माण समय अगावै सकिन लागेको हो ।