गण्डकीको मुख्‍यमन्त्रीमा खगराजले गरे दाबी पेस    

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।

सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा अधिकारीले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेश गरेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसको २७, राप्रपा २ र स्वतन्त्र सांसद दीपक मनाङे छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ २ अनुसार चैत २७ गते दिउँसो ३ बजेसम्मको समय दिएका छन्।