गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा -गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।  आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले दाबी पेस गरेपछि नियुक्त गरिएको हो । प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ ९२० बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमाले,माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए । गण्डकीमा एमालेका २२,माओवादीका ८ र नेकपा एसका १ सांसद छन् । नेकपा एसका राजीव गुरुङ, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका थिए ।