सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन  

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

आइतबार सिंहदरबार दक्षिण गेट अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरूले प्रदर्शनमा उत्रिएका हुन्।