पाँचवटा संसदीय समितिको बैठक बस्दै  

काठमाडौँ । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

बैठकमा उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूचीमा छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।