कपिलवस्तुको सामुदायिक वनमा महिला र पुरुषको शव फेला  

काठमाडौँ । कपिलवस्तु जिल्लाको वाणगंगा नगपालिका २ को लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ ।

कप्टैया भन्ने स्थानको जङ्गलमा मृत अवस्थामा महिला र पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णुप्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको  प्रहरी निरीक्षक  रायमाझीले बताए ।

उनीहरूको शव नजिकै सल्फास नामक विषादीको पोकासमेत फेला परेको छ । मृतक दुवै जनाले विषादी सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।