पोखरामा सुनको सिक्री लुटेर भागेका दुई भारतीय महिला पक्राउ

काठमाडौँ । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् ।

पोखरा महानगरपालिका(९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका(३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा त्यसमै सवार उनीहरूले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटेर भागेका थिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सिक्रीसहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।