सिरहामा दिँउसै हतियार देखाएर साढे १५ लाख लुटियो, दुई जना नकाबधारीको खोजि हुँदै 

 काठमाण्डौँ - सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहा सदरमुकाम विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा पुगेका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।