खाँडादेवीबाट काठमाडौँ हिँडेको सुमो दुर्घटना, एकै परिवारका तीन जना घाइते 

काठमाडौँ । रामेछापको खाँडादेवीबाट काठमाडौँ तर्फ हिँडेको टाटा सुमो दुर्घटनामा परेको छ । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।

आइतबार बिहान खाँडादेवी गाउँपालिका वडा नं ८ भदौरेमा पिङ्खुरीबाट काठमाडौँ जाँदै गरेको सुमो गाउँपालिकाको वडा नं ८ र ९ को सिमाना बरबोट भन्ने ठाउँमा रोकेर ओतहाल्न चालक निस्किदा गाडी आफै गुडेर अन्दाजी १०० मिटर तल खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा खाँडादेवी गाउँपालिकाको वडा नं ९ बेथान बस्नेत दीपेन्द्र भण्डारीका छोराछोरी हुन् । ‘एकै परिवारका हुन् । गम्भीर घाइते भएका दाइलाई उपचारको लागि काठमाडौँ पठाइएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष अकल बहादुर भण्डारीले सुमो दुर्घटनामा परेको बताउँदै दुर्घटनामा परेकालाई उद्दार गरी एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको जानकारी दिए ।