ललितपुरको चाँगाथलीबाट ब्राउन सुगर र गोलीसहित चार जना पक्राउ

काठमाडौँ । ललितपुरको चाँगाथलीबाट ब्राउन सुगर र गोलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका- ७ चाँगाथलीस्थित एक घरबाट बुधबार प्रहरीले चार जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली रहेका छन् । सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन्। 

प्रहरीले उनीहरूलाई लायोक बस्ने घरबाट पक्राउ गरेको हो। उनीहरूबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको हो।