आजको मौसम : आंशिकदेखि सामान्य बदली, भोलिदेखि सफा हुने !

 काठमाण्डौँ - धेरै ठाउँको मौसम आज आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ।

यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ । तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद् पौडेलले बताए ।  उनका अनुसार भोलिदेखि मौसम सफा हुने अनुमान छ।