देशलाई प्रदेश घाँडो भयो, खारेज गरौँ : अध्यक्ष के.सी  

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

देशमा विद्यमान प्रणालीका कारण समस्या सृजना भएको भन्दै उनले संघीय व्यवस्थाले देशमा समस्या देखिएको बताए ।

संघीयता नेपालका लागि आवश्यक नभएको भन्दै उनले भने, ‘राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउ मुलुक सानो छ आर्थिक हिसाबले पनि देशको अवस्थितिलाई संघ र स्थानीय निकाय भए पुग्छ भनेर दुई पटक संविधान बन्दा खेरी जनमोर्चाले कुरा राख्यो । तर अहिले सबैका मनमा बिझाएको छ प्रदेश त घाडै भएको छ ।’

राजनीतिक सहमतिको आधारमा अहिले पनि प्रदेश खारेज गर्न उनले सुझाव दिए । प्रदेश राजनीतिक दलका नेता कार्यक्रमताको व्यवस्थापन गर्ने थलो भए पनि देश विकासमा कुनै काम नभएको उनको तर्क थियो ।