काठमाडौँ - बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरूण चौधरीसहित तीनजना आज रिहा हुने भएका छन् ।
१० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालि का सञ्चालक सञ्जय ठाकुर आज रिहा हुन लागेका हुन् ।