राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला : बामदेव गौतम

काठमाडौँ । सांसद वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताए ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएका हुन् ।  उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए ।

सांसद गौतमले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको बताए ।

उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताए । सांसद गौतमलै अहिले नेपाली अर्थतन्त्र निकै धराशायी बनिरहेको बताए ।