६० किलो सुन प्रकरण : फरार अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

काठमाडौँ । ६० किलो सुन प्रकरणमा फरार रहेकी प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । केन्‍द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो ।

सिआइबीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको सिआइबी प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो ।

सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तरदेशीय अपराध र संगठित अपराध जोडिएपछि सिआइबीले अनुसन्धान थालेको थियो । दावा छिरिङलाई विभागकै टोलीले पक्राउ गरेपछि अमला भने फरार भएकी थिइन् ।