टेबल–टेबलको शासन र प्रक्रियाका जञ्जालले सबैलाई निराश र दिक्क बनायो : जनार्दन शर्मा 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले ‘लगानीको  प्रचुर सम्भावना हुँदाहुँदै सहज हाम्रा संरचनाभित्रको टेबल–टेबलको शासन र प्रक्रियाका जञ्जालले सबैलाई निराश र दिक्क बनाएको बताएका छन् ।

 बुधबारको प्रतिनिधि सभा बैठकमा दलीय प्रतिनिधित्व गर्दै धारणा राख्ने क्रममा पूर्वमन्त्री समेत रहेका शर्माले व्यवसायीहरुको मनोबल बढाउने नीति र व्यवहारको खाँचो खाँचो रहेको बताए । उनले भने, ‘देशलाई आर्थिक रुपले बलियो पार्न कृषि र उद्योगमा आधारित अर्थतन्त्रमा जोड दिनुपर्छ ।’ व्यवसायीहरुको मनोबल बढाउने नीति र व्यवहारको खाँचो खाँचो औँल्याउँदै भने, ‘हाम्रो देश हामीले नै बनाऊँ, दयामायाबाट देश बन्दैन ।’

नेता शर्माले कानुन निर्माणका क्रममा संसदभित्र सत्तापक्ष र प्रतिपक्षले सहमतिका आधारमा न्यायपूर्ण कानुनहरु निर्माण गर्नु पर्नेमा जोड दिए । ‘

जुन कानुनहरु संविधान कार्यान्वयनसँग सम्बन्धित रहेका छन्, आर्थिक विकाससँग सम्बन्धित रहेका छन्, समावेशी लोकतन्त्रसँग संघीय गणतन्त्रको सुदृढीकरणसँग सम्बन्धित भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु कसरी पक्ष र प्रतिपक्ष हुन सक्छन् ?’, शर्माले प्रश्न गर्दै भने, ‘त्यस कारण गणतन्त्रका पक्षधरहरुले नयाँ सहमतिको आत्मसाथ गर्न जरुरी छ ।’

उनले गणतन्त्रपक्षधर र विरोधीबिच राजनीतिक लडाई भइरहेको भन्दै यो लडाई सुशासन चाहने र नचाहनेहरुबिचको समेत रहेको बताए ।