टर्की भूकम्प अपडेट : मृतकको संख्या ४३ सय नाघ्यो, १७ हजार जनाभन्दा बढी घाइते

काठमाण्डौँ - टर्कीमा सोमबार गएको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो ।

सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए । तिनीहरूको तीव्रता ७।८, ७.६ र ६.० म्याग्निच्युड थिए । सबैभन्दा धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ । भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् । यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ४ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ।