राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहन्छ : नेता पुन  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र ) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताएका हुन् ।

उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताए । उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए । 

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताए । उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताए ।