रवि लामिछानेको प्रश्न : सत्तारुढ दललाई काम गर्न केले रोक्यो ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न केले रोक्यो भन्दै प्रश्न गरेका छन् ।

आज बुधबारको प्रतिनिधिसभा बैठकमा उनले नयाँ दलले रोकेको भए कहाँ रोक्यो भन्ने जानकारी दिन आग्रह गरे ।

आरोप प्रत्यारोप, क्षणखानी भन्दा फरक ढंगले जाने प्रस्ताव गरे । उनले ज्ञान बाँड्न आफ्नै दलतिर हेर्न आग्रह गरे । अदालतले फैसला गरेका व्यक्ति दलमा कायम रहेको भन्दै हेर्न आग्रह गरे ।

“सत्तारुढ दलको कुरा सुनियो । सबै थाहा रहेछ । कहाँ बेथिति विसंग? हामी नयाँ दलले रोकेको हो त ? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो ?,” उनले प्रश्न गरे ।