सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनितिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताए ।

आज बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेताहहरुको मुठ्ठीमा पारेर देशलाई राख्न नसक्ने बताउँदै नयाँ सम्झौता गरेर अगाडि जानुपर्ने बताए ।

उनले भने,“परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो । त्यसकारण देश यही अवस्थामा राखिराख्न सकिदैन,” उनले भने, “राप्रपाले पडाडि फर्कने कुरा गरेको होइन । देश यही बसिराख्न सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडि जाने कुरा गर्नुपर्यो ।”

उनले देशले अवलम्बन गरेको प्रणाली दोषी रहेको बताए । यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणालीबाट देश अघि बढ्न नसक्ने जिकिर गरे । नवीन बाटोमा देशलाई अघि लैजानुपर्ने उनको भनाइ छ ।

सरकारबाट सुशासनको कुरा आए पनि भ्रष्टाचार र लुट अघि बढेको बताउँदै उनले देशमा भ्रष्टाचार कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था बनेको बताए ।