कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी हुन छलफलको एजेन्डा  

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे  समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन् ।

यसअघि हिजो बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै आजका लागि सारिएको थियो।