राष्ट्रिय सभामा कृष्ण सिटौलाको टिकट पक्का

काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रिय सदस्यका लागि पूर्वमहामन्त्री कृष्ण सिटौला राष्ट्रिय सभाको सदस्यमा टिकट पाउने पक्का भएको छ । 

२०७९ मंसिरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उठ्ने निश्चित भएको छ।

टिकट पक्का गरिसकेपछि सिटौला उम्मेदवारी मनोनयनका लागि उनले आफूनिकट केही नेताहरूलाई आइतबार नै विराटनगर पठाइसकेका छन्।

राष्ट्रियसभाको टिकट मिलेपछि उनले आफ्ना लागि पनि काठमाडौंबाट विराटनगर जाने जहाजको टिकट लिएका थिए।